अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान [भिडियो]


काठमाडाैं- नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको सम्मेलनमा झडप भएको छ । सोमवार काठमाडौंको कीर्तिपुरमा जारी अधिवेशनको क्रममा  कुर्सी हानाहान भएको हो ।

नेतृत्व चयनको विषयलाई लिएर विवाद भएपछि सम्मेलनमा झडपको स्थिति भएको बताइएकाे छ । झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ ।

प्रतिनिधिका लागि दर्ता शुल्क चर्को गरिएको भन्दै अर्को समूह आक्रोशित बनेको छ । संस्थापन पक्षले विभिन्न काण्डमा मुछिएका दीपेश पुनलाई अध्यक्ष बनाउने प्रयास गरेपछि विवाद बल्झिएको छ ।

हिजो पनि महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा आन्दोलन भएको थियो ।

प्रतिक्रिया