
भारतीयलाई जमिन दिलाइदिने भन्दै घुस लिने वडाध्यक्ष ओलीलाई अख्तियारले लग्याे
झापा- घुससहित पक्राउ परेका झापा बुद्धशान्ति- २ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले वडाध्यक्ष ओलीलाई ८० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएर मंगलबार इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएका थिए।
प्रहरीले खबर गरेपछि अख्तियारको टोलीले घटनाबारे छानबिन थालेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दि ए।
उनले एक जना भारतीय नागरिकलाई जमिन दिलाइदिने भन्दै ती भारतीयबाट एक लाख ६० हजार घुस मागेको विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बताएका छन् ।
मंगलबार दिउँसो बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा भारतीय नागरिक अमरनाथ चौहानले ८० हजार रुपैयाँ दिँदै गर्दा ओली माओवादी कार्यकर्ताको नियन्त्रणमा परेका थिए । वडाध्यक्षलाई घुस दिने चौहान पनि अख्तियारको नियन्त्रणमा छन् ।



कागजपत्र |
