


भागरथी भट्टलाई दिनेशले बलात्कारपछि हत्या गरेको पुष्टि, डिएनए रिपोर्ट आयो

काठमाडौं– बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या दिनेश भट्टले नै गरेको पुष्टि भएको छ।
अभियुक्तको रुपमा प्रहरीले सार्वजनिक गरेको दिन डिएनए परीक्षणको लागि दिनेशको स्वाब काठमाडौं पठाइएको थियो। दिनेशको स्वाब परिक्षण प्रहरीले विधि विज्ञान प्रयोगशाला काठमाडौमा पठाएको थियो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले डिएनए परीक्षणमा अभियुक्त दिनेशले नै भागरथीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको जानकारी दिए।
गएको २१ माघमा विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा २२ माघमा स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्।
त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ५ फागुनमा दिनेशलाई सार्वजनिक गरेको थियो।

