कृषिमन्त्री अधिकारीलाई डेंगु सङ्क्रमण


काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरू सबै स्थगित गरेर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताएका छन् ।

एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि काठमाडौँ फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया