

आइफोन १६ किन्न २१ घण्टादेखि लाइनमा ! [भिडियो]

काठमाडौं- आइफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । आइफोन १६ किन्न मानिसहरू बिहीबारदेखि एप्पल स्टोरमा लाममा लागेका छन् ।
आइफोन १६ सिरिज शुक्रबारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । बीकेसी मुम्बई, साकेत र नयाँ दिल्लीमा आईफोन १६ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनु छ । मुम्बईमा रहेको एप्पल स्टोरमा आइफोन १६ प्रो म्याक्स खरिद गर्न गएका उज्ज्वल शाहले आफू २१ घण्टादेखि लाइनमा लागेको बताएका छन् । “हिजो राति ११ बजेदेखि म यहीँ छु । स्टोर खुल्ने बित्तिकै पहिलो आइफोन खरिद गर्ने आफैं हुन्छु भनेर म उत्साहित छु ” उनले भने ।
अर्का एक व्यक्तिले आफू बिहान ६ बजे एप्पल स्टोर आइपुगेको बताएका छन् । आइफोन १६ प्रो म्याक्स खरिद गर्ने तयारीमा रहेको भन्ने उनले आफूलाई आईओएस १८ र एप्पल इन्टेलिजेन्स फिचरले लोभ्याएको सुनाए ।
भारतमा आइफोन १६ प्रोको सुरुवाति मूल्य एक लाख १९ हजार भारु रहेको छ । त्यस्तै आइफोन प्रो म्याक्सको सुरुवाति मूल्य भने एक लाख ४४ हजार ९०० भारु तोकिएको छ ।
#WATCH | Maharashtra: A huge crowd gathered outside Apple store at Mumbai’s BKC – India’s first Apple store.
Apple’s iPhone 16 series to go on sale in India from today. pic.twitter.com/RbmfFrR4pI
— ANI (@ANI) September 20, 2024

