

सुनको मूल्य एकैदिन १५ सयले बढ्यो

काठमाडौं- कारोबार हुने साताको छैटौं दिन शुक्रबार सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।
बिहीबारको तुलनामा सुन तोलामा १५ सय र चाँदी तोलामा ३५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ५५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर तोलाको एक हजार ९१५ रुपैया पुगेको महासंघले जनाएको छ ।

