रास्वपाले नेता कार्यकर्तालाई भन्यो- सडकमा उत्रिनुपर्ने हुनसक्छ, तयार रहनू


काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारविरुद्ध सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले नेता कार्यकर्तालाई तयार रहन निर्देशन दिएको छ ।

दुई दिनसम्म चलेको रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टी तीनवटै मोर्चामा सक्रिय हुनुपर्ने उल्लेख गरेका छन् ।

संगठन, संसद र सडक (तीन वटै मोर्चा)मा पार्टीले तत्काल खेल्नुपर्ने भूमिका र उठाउनुपर्ने मुद्दाबारे यो भेलाले गर्ने निर्देशअनुसार केन्द्रीय समितिले विस्तृत कार्ययोजना बनाएर लागू गर्ने प्रतिवेदनमा उल्लेख छ ।

यसअघि प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले पार्टीपंक्तिलाई काँग्रेस – एमाले मिलेर बनेको सरकारविरुद्ध जुनसुकै बेलामा सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भएकाले तयार रहन परिपत्र पठाएका थिए ।

प्रतिक्रिया