बिहे गरेको भोलिपल्टै पुछियो प्रमिलाको सिउँदो


काठमाडाैं- शुक्रबार मकवानपुरको कैलाश–५ गोगनेकी २५ वर्षकी प्रमिला गोलेले प्रेमी थाहा नगरपालिका–८ ऐँसेलु खर्कका २५ वर्षीय तिलक कुमार थिङसँग बिहे गरेकी थिइन् ।  तर, तीन वर्षकाे  प्रेम सम्बन्धपछि बिहे गरेकी प्रमिलाकाे सिउँदाे २४ घण्टामै पुछिएकाे छ ।

डिप्रेसनको बिरामी रहेका तिलकको बिवाहको भोलिपल्टै मृत्यु भएकाे हाे ।  शनिवार बिहान ४ बजेतिर  तिलकका हातहरू काँप्न थाले र  श्वास फेर्न गाह्रो भएकाे थियाे । केही महिनादेखि डिप्रेसनका बिरामी रहेका उनलाई सोही कारण त्यस्ताे छटपटी भएकाे हाेल ठानेर  परिवारले उनलाई अस्पताल लगेनन् ।

त्यही बेवास्ताका कारण उनले शनिबार दिउँसो  १२ बजेतिरको समयमा प्राण त्यागे । त्याेसँगै बाँचुञ्जेल माया गरेर राख्ने कसम खाएर ल्याएका उनले  प्रमिलालाई २४ घण्टामै छाडेर गए । उनकाे मृत्यु  प्रेसरको कारण भएको डाक्टरले बताएका छन् ।

तिलक ३ वर्षको हुँदा उनको बुवा प्रतापसिंह थिङको मृत्यु भएकाे थियाे ।  उनकी आमा माइतीमाया थिङले पनि अर्को बिवाह गरेर गएकी थिइन् । आमा पनि बिहे गरेर गएपछि तिलक विगत दुई महिनादेखि नै प्रेसरको रोगी बनेका थिए ।

तिलककाे मृत्यु भएपछि प्रमिलालाई माइती पक्षाले लगेर गएकाे छ ।  उनले श्रीमान् र सासु-सुसुरा नभएपछि एक्लै बस्न गाह्राे भएकाले अब माइतै बस्ने बताएकी छिन् ।

 

 

प्रतिक्रिया