

नेपाल समूहको स्पष्टिकरण तयार, केन्द्रीय कमिटीमा अनुमोदन गरी प्रश्नसहित ओलीलाई बुझाउने

काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालसहित चार जनाको स्पष्टिकरण तयार भएको छ। उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको स्पष्टिकरणको पत्र तयार भएको हो।
उक्त स्पष्टिकरण आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा बिहीबार अनुमोदन गराई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने तयारी गरिएको छ।
महासचिव ईश्वर पोखरेलले तीन दिनको समयसीमा तोकि चारै जनालाई स्पष्टिकरणको पत्र पठाएका थिए। जसको जवाफ तयार भएको र केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई पनि स्पष्टिकरण सोध्नेगरी पत्र पठाउने तयारी भएको एक नेताले जानकारी दिए।

