एमाले नेता नेपाललगायतले स्पष्टिकरण आज बुझाउनुपर्ने, के दिनेछन् उत्तर?


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपाललगायत चार जनालाई पार्टीले स्पष्टिकरण बुझाउन दिएको समयसीमा विहीबार (आज) सकिँदैछ।

नेपालसहित उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई एमाले महासचिव ईश्वर पोखरेलले स्पष्टिकरण सोध्दै तीन दिनको म्याद दिएका थिए।

तर हालसम्म चारै नेताले पार्टीमा स्पष्टिकरण बुझाएका छैनन्। बरु, समानान्तर गतिविधि किन भइरहेको छ? भनी सोधिए पनि पत्र पाएको भोलीपल्टै नेपाल पक्षको विद्यार्थी संगठनमा समानान्तर कमिटी गठन भएको थियो।

सो क्रममा नेपालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै एमाले नभएको बताएका थिए। यद्यपि, चारै नेताले स्पष्टिकरणको उत्तर पठाउँदै प्रधानमन्त्री ओलीसँग उल्टै स्पष्टिकरण माग्ने बताइएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको साँठगाँठ र मतियार बन्नुको उत्तर बुझाउन नेपाललाई पत्रमा भनिएको थियो।

प्रतिक्रिया