उनासी पुलबाट बस खस्दा एकजनाको मृत्यु, ४२ घाइते


काठमाडाैं- बारामा  बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दाङ, गडवा गाउँपालिका–५ घर भएका ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको हो । उनको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा अन्य ४२ जना घाइते छन् । तीमध्ये ८ जना गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जानकारी दिए ।

काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बसको पट्टा भाँचिएपछि अनियन्त्रित भएर पुलबाट ८ मिटर तल खसेको थियो ।

 

प्रतिक्रिया