भरतपुर उड्नै लागेको बुद्ध एयरको जहाजमा समस्या


काठमाडौं-  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट यात्रुलाई ओरालिएको छ ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले सोमबार  बिहान साढे ७ बजे उड्ने तालिका रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको बताए ।

जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन् भने यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पठाउने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया