सुनको गहनाको तौल बढाएर बिल बनाउने ३ जना पक्राउ


काठमाडौं-  सुनको गहना बनाएर धेरै तौल भएको बिल दिएर ठगेको आरोपमा प्रहरीले भक्तपुरबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर घर भएका ५५ वर्षीया मनमाया थापा, उदयपुर घर भएका ५४ वर्षीय चन्द्रकला विश्वकर्मा र ललितपुर महालक्ष्मी नगरपालिका बस्ने ४० वर्षीया राधा विश्वकर्मा छन् ।

उनीहरुले ओभर बिलिङ गरेको ३ लाख ४२ हजार बराबरको सुनको गहना प्रहरीले बरामद गरेको छ । थप अनुसन्धानका लागि उनीहरुलाई प्रहरी वृत्त सातदोबाटोमा पठाएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले  बताए ।

 

प्रतिक्रिया