नेकपा एसका उपमहासचिव चौधरीले लिपुलेक भारतको हाे भनेपछि…


काठमाडौं- नेकपा एकीकृत समाजवादीले ‘कालापानी र लिपेलेक भारतको हो’ भन्ने विवादास्पद अभिव्यक्ति दिने पार्टी उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ ।

चौधरीले भदौ २५ गते साँझ एक टेलिभिजनको कार्यक्रममा पुगेर ‘लिपुलेक र कालापानी भारतको भएको’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, लिपुलेक र कालापानीमा इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ, मलाई लाग्छ, दाबी पुग्छ उसको । भारतले लिन पाउँछ । कालापानी लिपुलेक भारतको हो नि ।’

चौधरीको यस्तो अभिव्यक्ति सार्वजनिक लगत्तै पार्टी महासचिव घनश्याम भुसालले एक पत्र लेखेर स्पष्टीकरण सोधेका हुन् । भुसालले मुलुकको अखडता र सार्वभौमसत्ताविरुद्ध अभिव्यक्ति दिएको ठहर गर्दै यसबारे तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न चौधरीलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया