जमानतमा रिहा हुँदै दिल्लीका मुख्यमन्त्री केजरीवाल


दिल्ली- भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानतमा रिहा हुने भएका छन् ।

आज भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्त र उज्जल भुइयाँले उनलाई जमानतमा रिहा गर्न आदेश दिएका हुन् । समाचार संस्था पीटीआईका अनुसार अदालतले उनलाई १० लाख रुपैयाँको मुचुल्कामा जमानतको आदेश दिएको हो ।

रक्सी घोटालामा १५६ दिनदेखि जेलमा रहेका मुख्यमन्त्री केजरीवाल अबको केहीबेरमा रिहा हुँदैछन् ।

उनलाई गत मार्च २१ म भारतको प्रवर्तन निर्देशनालयले पक्राउ गरेको थियो ।

प्रतिक्रिया