एकान्तकुनामा अवैध कल सेन्टर, चिनियाँसहित ५० जना पक्राउ


काठमाडाैं-  अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा प्रहरीले ललितपुरको एकान्तकुनाबाट ५० जनालाई पक्राउ गरेकाे छ ।

एकान्तकुनामा रहेको एक घर भाडामा लिएर अवैध कल सेन्टर चलाइरहेको खबर पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार  छापा मारेको थियाे ।

सिआइबीको टोलीले कल सेन्टरबाट ५० जनालाई नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन् । साे विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया