अंग्रेजी विषयको शिक्षक माग्दै दार्चुलाको मालिकार्जुन माविमा तालाबन्दी


दार्चुला- दार्चुलाको महाकालीका नगरपालिका–७ धापस्थित मालिकार्जुन नमुना माध्यमिक विद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।

बिहीबार बिहानैदेखि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले अंग्रेजी विषयको शिक्षकको माग गर्दै विद्यालयको मुख्य गेटमा तालाबन्दी गरेका हुन् ।

५ महिनादेखि विद्यालयको माध्यमिक तह कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षक नहुँदा पढाइ प्रभावित भएको र शिक्षकको व्यवस्थापनको माग राख्दै विद्यालयमा बिहानैबाट तालाबन्दी भएको बताइएको छ ।

विद्यालयमा अंग्रेजी शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ ।

प्रतिक्रिया