देउवाको जन्मदिनमा जुरेको भेट


काठमाडौं- प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको हो ।

जन्मदिनकाे अवसरमा देउवालाई ओलीले बालुवाटारमा बोलाएका थिए । जन्मदिन पारेर भएकाे भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले फेसबुकमा जनाएका छन् ।  उनले  दोसल्ला ओढाएर देउवालाई शुभकामना दिएका थिए ।

‘आज पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाको जन्मदिन परेको छ । प्रमुख तीन दलका नेताहरूसँग समसामयिक राजनीतिक विषयमा कुरा पनि भयो’, प्रधानमन्त्री ओलीले देउवालाई दोसल्ला ओढाएको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, ‘आजको भेटमा शेरबहादुरजीलाई जन्मदिनको शुभकामना दिने अवसर मिल्यो । सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शेरबहादुरजी !!’

प्रतिक्रिया