झण्डै ३ महिनापछि फर्कियो नेवानिको वाइड बडी


काठमाडौं- नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी-चेक सम्पन्न गरेर झण्डै ३ महिनापछि फर्किएको छ । जहाज विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सी-चेकसहितको मर्मतका साे जहाज  गत ८ असारमा इटली गएको थियाे ।

यो विमान फर्किएसँगै निगमले लामो दूरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ । नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो ।

निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका ४ वटा जहाजमध्ये हाल दुई वटा न्यारोबडीले मात्रै नियमित उडान गरिहरेको छन् । वाइडबडी दुइवटा मध्ये एउटा अझै इटलीमै सि-चेकमा छ ।

 

प्रतिक्रिया