टिकटकमा भाइरल डडेल्धुराकी देउवा मृत फेला, महाकाली किनारमा ममताको शव


काठमाडाैं- टिकटकमा भाइरल भएकी डडेल्धुराकी एक युवती मृत फेला परेकी छिन् । जिल्लाको गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

उनको टिकटकमा २ लाख २४ हजार फ्लोअर छन् । हिजो(बुधबार) झुण्डिएको अवस्थामा फेला परेकी देउवाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै हिजो नै जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँमा एक किशोरीको शव फेला परेको छ । महाकाली नदी किनारमा दार्चुलाको नौगाड गाउँपालिका–४ की १६ वर्षीया ममता टमटाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको शव महाकाली नदीले बगाएर ल्याएको प्रहरीको भनाई छ ।

 

प्रतिक्रिया