

अमेरिकामा अर्का नेपालीको मृत्यु, ७० लाख खर्चेर भिसाबिनै गएका थिए अमेरिका

काठमाडाैं- अमेरिकामा एक अर्का नेपालीको मृत्यु भएकाे छ । पूर्व रुकुमको भुमे ७ धर्मशालाका ३९ वर्षीय भरत रोका मगरको सोमबार मृत्यु भएको हाे ।
उनी ७० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर झण्डै २ वर्ष अगाडि विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका गएकाे नेपयाेर्कले जनाएकाे छ ।
रोकामगर हालैमात्र बोस्टनमा बसाई सरेर काम गर्न थालेको जनाइएको छ । हृदयघातपछि तीनदिन अगाडि अस्पतालमा भर्ना गरिएका उनलाई सोमबार दिउँसो अस्पतालले मृत घोषणा गरेको थियो ।

