डिभोर्सको नक्कली कागज बनाएर जेल गएका कांग्रेस सांसद एकदिनमै छुटे


काठमाडाैं- लुम्बिनी प्रदेशसभाका सदस्य धनबहादुर केसी पक्राउ परेको एक दिनमै छुटेका छन् ।

३३ वर्ष पुरानो जिल्ला अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गर्न रुकुम पूर्व (ख) बाट निर्वाचित केसीले आइतबार आत्मशमर्पण गरेका थिए । त्यसपछि जिल्ला अदालतले उनलाई कैद सजाय भुक्तानका लागि जेल पठाउने आदेश गरेको थियो ।

अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया