

गुल्मीमा ५ हजार सवारी कारवाहीमा ३७ लाख बढि राजश्व संकलन

गुल्मी – गुल्मी जिल्लामा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार २ सय सवारी साधनलाई कारबाही गरिएको छ । आठ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट ३७ लाख ११ हजार राजश्व संकलन भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार साउनदेखि फागुन मसन्तासम्म ट्राफिक नियम उल्लंघन गर्ने १ सय १८ बस, ३ सय ८१ ट्रक, २ हजार १ सय ५० जिप ,कार , २७ सय ३३ मोटरसाइकल र ३ सय ३८ ट्याक्टर कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय जनाएको छ ।
यस्तै ३९ जनालाई मा।प।से कारबाही गर्दा ३९ हजार राजश्व रकम समेत संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए । यस अवधिमा जिल्लामा २९ वटा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए ।

