शेरधन राईको मुख्यमन्त्री पद जोगियो, अविश्वास प्रस्ताव फिर्ता लिन नेपाल समूह राजी
काठमाडौं– प्रदेश १ सभामा दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले माधवकुमार नेपाल पक्षका सांसद राजी भएका छन्।
बुधबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका दुई जना सांसद सहभागी भई अविश्वास प्रस्ताव फिर्ता लिने जानकारी गराएका छन्। योसँगै संकटमा रहेको मुख्यमन्त्री राईको पद जोगिएको छ।
एमाले एक्लैको प्रदेश सभामा ५१ सदस्य छन्।