अंगदानमा नातेदार सीमित नगर्न सर्वोच्चको परमादेश


काठमाडौं- सर्वोच्च अदालतले मानव अंगदानमा नातेदारको दायरा सीमित नगर्न परमादेश जारी गरेको छ । अंग ग्रहण गर्ने मानिसको बाँच्न पाउने अधिकार निश्चित गर्न स्वेच्छाले अंगदान गर्ने दाताका निम्ति बाटो खोल्ने गरी कानुन संशोधन गर्न सर्वोच्चले परमादेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र डा. कुमार चुडालको इजलासले अघिल्लो वर्ष साउन ८ गते गरेको फैसलाको बुधबार (हिजो) सार्वजनिक पूर्णपाठमा अंगदानबारे विस्तृतमा तथ्य केलाउँदै यस्तो परमादेश जारी गरिएको छ ।

झापाका विष्णुबहादुर खत्री क्षेत्रीका निम्ति फुपूकी छोरी लक्ष्मी विष्ट (घिमिरे)ले मिर्गौला दान गर्न चाहेकी थिइन् । तर, किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले ०८० असार २४ गते फुपूको छोरीले कानुनानुसार अंगदान गर्न नमिल्ने निर्णय दियो ।

त्यसपछि क्षेत्रीकी श्रीमती अर्चना थापाले ०८० असार २४ गते रिट दायर गरेकी थिइन् ।

“फुपूकी छोरी अर्थात् बहिनीसरहको नाताकी लक्ष्मी विष्ट (घिमिरे)ले स्वेच्छिक रूपमा मिर्गौला अंगदान गर्न चाहेमा चिकित्सकीय रोहरीत पुर्‍याई मिर्गौला दान गरी प्रत्यारोपण गर्नू/गराउनू भनी निवेदकको मागबमोजिम परमादेशको आदेश जारी गरिएको छ ” फैसलामा भनिएको छ ।

प्रतिक्रिया