
संविधान दिवसमा छुट्दै एक हजार बढी कैदी [सूचीसहित]
काठमाडौं- सरकारले आगामी असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ ।
असोज ३ गते संविधान दिवसका अवसरमा उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । थुनामुक्त हुनेहरूको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ ।
कारागार व्यवस्थापन विभागले असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो । उनीहरु छुटेका छैनन् ।
विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ । सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ।
गणतन्त्र दिवसका दिन पनि कैदीको सजाय माफी मिनाहा हुनुपर्ने थियो ।तर, सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनमा जाँदा रिहा गर्न नसिएको थियो । अब अहिले नामावाली प्रकाशित गरेर एक हजारभन्दा धेरै कैदीको सजाय माफी गर्न लागिएको हो ।
णतन्त्र दिवसका दिन पनि कैदीको सजाय माफी मिनाहा हुनुपर्ने थियो । सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनमा जाँदा रिहा गर्न नसिएको थियो । अब अहिले नामावाली प्रकाशित गरेर एक हजारभन्दा धेरै कैदीको सजाय माफी गर्न लागिएको हो ।



कागजपत्र |
