सबै दलबीचको सहमतिपछि मात्रै संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक


कैलाली- गृहमन्त्री रमेश लेखकले सबै दलबीच सहमति र संवाद गरेर मात्र संविधान शंसाेधन हुने बताएका छन् ।

मंगलबार धनगढी विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संविधानका आधारभूत मान्यताहरु प्रतिकूल नहुने गरी संविधान संशाेधन गरिने बताएका हुन् ।

तीन दिनकाे गृह क्षेत्रकाे भ्रमणकाे क्रममा आज धनगढी पुगेका गृहमन्त्री लेखकले अस्थिरतालाई समाप्त गरी स्थिर सरकार, शिथिल अर्थतन्त्र चलायमान र संघीय गणतन्त्र संस्थागत गर्न वर्तमान समीकरण बनेकाे बताए ।

उनले वर्तमान सरकार सरलता र जटिलताकाे मूल्यांकन गरी अघि बढने बताए । केन्द्रमा स्थिर सरकार बन्ने बित्तिकै सबै प्रदेशमा स्थिर सरकार बनेकाे उनले बताए ।

गृहमन्त्री लेखकले अहिलेकाे सत्ता समीकरण अत्यन्त सहज तरिकाले अघि बढेकाे जिकिर गर्दै कसैले चाहेर पनि अपठ्याराे नपर्ने बताएका छन् ।

प्रतिक्रिया