‘अपशब्द’ बोलेको भन्दै सञ्चारमन्त्री गुरूङलाई कारबाही गर्न पूर्वआइजीपीहरूको माग


काठमाडौं-  नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूको संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ले सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङलाई कारबाही गर्न माग गरेका छन् ।  ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न माग गरेका छन् ।

मन्त्री गुरूङले गत शनिबार पोखरामा भएको पत्रकार सम्मेलनमा बोल्दै ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । मन्त्री गुरूङले अराजक अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सचेत गराएका थिए ।

 

प्रतिक्रिया