२१ वटा आइफोन काठमाडौं पठाइरहेका चौधरी धनगढी एयरपोर्टबाट पक्राउ


काठमाडाैं- कैलालीको धनगढी विमानस्थलबाट २१ वटा आइफोनसहित एक जना पक्राउ परेका छन् ।

सोमबार बिहान ११ बजे धनगढी उपमहानगरपालिका–१३ स्थित विमानस्थलबाट अन्दाजी ८ लाख ४० हजार मुल्य पर्ने २१ वटा आइफोनसहित घोडाघोडी नगरपालिका–०१ सुख्खड बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कार्टुनमा प्याक गरी ल्याएका आइफोनसहित चौधरीलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने तयारी भएको छ ।

प्रतिक्रिया