वन मन्त्रालय दिएको भन्दै मनाङे रिसले आगो


काठमाडौं- वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएपछि गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ  ‘दीपक मनाङे’ असन्तुष्ट बनेका छन् ।

यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो । त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो ।

त्यसपछि  सोमबार दिउँसो नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका छन् । उनी वन मन्त्रालय नस्विकार्ने बताउँदै  समारोहबाट निस्किएका थिए । उनले जुनियरले लिने मन्त्रालय नलिने बताउँदै  राजीनामा दिने चेतावनी दिए ।

 

प्रतिक्रिया