‘अब बोल्छ नेपाल’ लेखिएको ब्यानरसहित बालुवाटारमा प्रदर्शन


काठमाडौँ – विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दै युवाहरूको एक समूहले शनिबार बालुवाटारमा प्रदर्शन गरेको छ ।

‘अब बोल्छ नेपाल’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्रीलाई विभिन्न विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले ⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ५ वर्षे हदम्याद ल्याउन लागिएको भन्दै यसको खारेजीको माग गरेका छन् ।

विभिन्न प्रकरणलाई अघि बढाई यथाशीघ्र निष्पक्ष अनुसन्धान गर्नुपर्ने, सबै नेताहरूको सम्पत्ति छानबिनका लागि स्वतन्त्र नागरिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरूको माग छ । उनीहरूले विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने बक्यौता असुल गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया