देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा : सभामुख घिमिरे


काठमाडौँ – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा भएको बताएका छन् ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षा क्षेत्रमा अब्बल छ भनेर बुझ्नुपर्ने बताए ।

देशलाई आवश्यक पर्ने प्रकारका जनशक्ति उपलब्ध गराउन शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्नुपर्नेमा उनले जोड दिए । सभामुख घिमिरेले नागरिकलाई गुणस्तरीय शिक्षा दिन राज्यको नीति इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, सुविधायुक्त भौतिक पूर्वाधार एवं प्रभावकारी अनुगमन मूल्यांकन जस्ता पक्षबाट मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने बताए ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसका संस्थापक कृष्णराज श्रेष्ठ, माधवलाल कर्मचार्य, बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलाललगायतलाई सभामुख घिमिरेले सम्मान गरेका थिए ।

प्रतिक्रिया