रास्वपा केन्द्रीय समिति बैठकः ‘मुकुललाई अन्तिमपटक स्पष्टीकरण सोध्ने’
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नु अघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि सचिवालयले सोधेको स्पष्टीकरणको जवाफ ढकालले दिइसकेका छन्।
केन्द्रीय अनुशासन आयोगले ढकालका पछिल्ला गतिविधिबारे प्रतिवेदन बुझाइसकेको छ।
पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।
उनलाई साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।