दाङमा इनार सफा गर्ने क्रममा निसासिएर २ जनाको मृत्यु
दाङ- दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३८ वर्षका यमबहादुर विक र १६ वर्षका मुकेश विक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक दामप्रसाद श्रेष्ठले जानकारी दिए ।
बुधबार बिहान १० बजे तुलसीपुर उपमहानगरपालिका १३ दमागाउँ बस्ने दुर्गा विकको इनार इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई अस्पताल लैजाँदा मृत घोषित गरिएको हो । उनीहरूलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको हो ।