घरायसी विवादमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ


भद्रपुर – झापाको शिवसताक्षी नगरपालिका–८ मा श्रीमतीको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

घरायसी विवादमा श्रीमती ५३ वर्षीया रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारी पक्राउ परेका हुन्।

उनले मंगलबार साँझ धारिलो हतियार प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए।

घटनालगत्तै ओमप्रकाशलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको चन्दले बताए।

प्रतिक्रिया