महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस


काठमाडौं- राष्ट्रिय सभामा महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा सरकारले वार्षिक प्रतिवेदन, २०८१ पेस गरेको हो ।

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन, २०८१ सभासमक्ष पेस गरेका हुन् ।

प्रतिक्रिया