सभामुखमा पराजित न्यौपाने बनिन् संसदीय सुनुवाइ समितिको सभापति


काठमाडौं – संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् ।

संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् ।

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे । आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्नेछिन् ।

यसअघि न्याैपाने सभामुख घिमिरेसँग  नै सभामुखका लागि प्रतिस्पर्धा गरेकी थिइन् । त्यतिबेला न्याैपाने पराजित भएकी थिइन् ।

प्रतिक्रिया