महालेखा परीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रिय सभामा पेस


काठमाडौँ – राष्ट्रिय सभाको आजको बैठकमा महालेखा परीक्षकको ६१औँ प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महालेखा परीक्षकको ‘६१औँ वार्षिक प्रतिवेदन-२०८१’ सभासमक्ष पेस गरेका हुन् ।

सञ्चार मन्त्री गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गरेका हुन् ।

आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराएकाका छन् ।

त्यसैगरी, सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापतिकी मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन-२०८१’ सभा समक्ष पेस गरेकी छन् ।

स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनबाट पुनः निर्माण, राहत तथा पुनः स्थापनाको काम लक्षित रूपमा अघि बढ्न नसकेको र प्रभावकारी नदेखिएको शर्माले बताइन् ।

प्रतिक्रिया