मधेसका मुख्यमन्त्री सिंहले एकैचाेटी ८ जना राज्यमन्त्री बर्खास्त गरे


काठमाडाैं- मधेश प्रदेश सरकारले ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसमुानर सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ जनै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन् । जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चारैतिर आलोचना हुन थालेपछि राज्यमन्त्री हटाइएका हुन्।

हालै नियुक्त भएका राज्यमन्त्रीहरुलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ ।

प्रदेश सरकारले गत मंगलबार रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो । भने, त्यसअघि केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खङ्ग राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

 

प्रतिक्रिया