ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला


काठमाडौं- ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । आइतबारदेखि हराइरहेकी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार फेला परेको हो ।

काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी प्रन्सिकालाई कोन्जोसोम गाउँपालिका-३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएको थियो । उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे ।

उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया