डाक्टरको बलात्कारपछि हत्या भएपछि प्रिन्सिपलले दिए राजीनामा


काठमाडौं- कोलकाताको आरजी कर मेडिकल कलेज हस्पिटलका प्रिन्सिपल डाक्टर सन्दीप घोषले राजीनामा दिएका छन् ।

गत ९ अगस्तमा आरजी कर मेडिकल कलेज तथा अस्पतालम कार्यरत एक पीजीमा अध्ययनरत महिला डाक्टरको बलात्कारपछि हत्या भएको थियो। यस मामलमा देशभरका डाक्टर र त्यससँग जोडिएका संगठनले हडतालको आह्वान गरेका छन् ।

रेजिडेन्ट स्टुडेन्ट एशोसिएसनका महासचिव डा सर्वेश पान्डेका अनुसार सीबीआईबाट घटनाको अनुसन्धानका साथै सुरक्षाका लागि सेन्ट्रल प्रोटेक्सन एक्ट बनाउन माग गरिएको छ ।

प्रतिक्रिया