बुवाले लग्न नमानेपछि बालिकाको शव सेतीको लासघरमा अलपत्र


कैलाली-  कैलालीकाे सेती प्रादेशिक अस्पताल धनगढीको शवगृह(लासघर)मा एक १३ वर्षीया एक बालिकाको शव अलपत्र अवस्थामा छोडिएको छ।

जन्डिसका कारण ज्यान गुमाएकी बालिकाको शव २ दिनदेखि उठेको छैन । बैतडीको डिलासैनी गाउँपालिका–२ का लोकेन्द्रबहादुर घरडीले जन्डिसले उपचारका क्रममा मृत्यु भएकी १३ वर्षीया छोरी करिष्माको शव बुझ्न अस्वीकार गरेको मृतककी आमाको गुनासो छ ।

उनकी आमा हजारी विष्ट घोडाघोडी नगरपालिका–८ मा बस्दै आएकी छन् । २०७७ सालमा लोकेन्द्रबहादुर र हजारीबिच सम्बन्धविच्छद भएको थियो।  मृतक करिष्मा आमासँगै मामाघरमा बस्दै आएकी थिइन् । उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बालिका करिष्माको पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको राजीपुरमा मृत्यु भएको थियो ।

शव उठाउन जाहेरी आए आजै शव उठ्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक बालिकाकी आमा बिहान प्रहरी कार्यालयमा आएको र जाहेरी दिएपछि शव उठाउन कुनै समस्या नहुने प्रहरीले बताएको छ ।

बिष्ट अहिले दुई छोरीसहित माइतीघर घोडाघोडीमा बस्दै आएकी छन् । छोरालाई भने २०७७ सालमै घरडीले आफैसँग लगेका थिए ।

प्रतिक्रिया