बेलायतमा भएका नेपालीलाई सजग रहन दूतावासको आग्रह


काठमाडौं- लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा बस्ने नेपालीलाई सजक रहन दूतावासको आग्रह गरेकाे छ । हाल बेलायतमा प्रदर्शन र हुलदंगा चलिरहेकाले नेपालीहरूलाई आवश्यक सुरक्षा र सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको हाे ।

दूतावासद्वारा जारी सूचना अनुसार बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका नेपालीहरूलाई यस्तो स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन दूतावासले अनुरोध गरिएकाे छ ।

 

प्रतिक्रिया