आइतबार काठमाडौंमा सार्वजनिक बिदा


काठमाडौं – आइतबार काठमाडौंमा सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएका कारण सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

प्रतिक्रिया