कंगोमा विद्रोही समुहको आक्रमणबाट १५ जनाको मृत्यु


काठमाडौं – कंगोको उत्तरमा पर्ने इटुरी प्रान्तको एक गाउँमा विद्रोही समुहको आक्रमणले १५ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

विद्रोहीले इटुरी प्रान्तको अबरकोजो गाउँका स्थानीयबासीलाई बन्दुक र चक्कु प्रहार गरेर हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्रोहीले स्थानीयका घरमा आगो पनि लगाइदिएको त्यस क्षेत्रका प्रमुख इन्सेन्ट मातुकादलाले बताए ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । आक्रमण विद्रोही समुह (सीओडीइसीओ ) मिलिशियाले गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सो समुह कंगोको उत्तरमा सक्रिय उग्रवादी समुह मध्ये एक हो ।

यस महिनाको सुरुमा पनि सो समुहले इटुरी प्रान्तको अस्थायी शिविरमा आक्रमण गर्दा ६० जना सर्वसाधारण मारिएका थिए ।

प्रतिक्रिया