सुदूरपश्चिममा सरकार हराएपछि…


काठमाडौं – सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकार हराएको भन्दै खोजि सुरू भएको छ ।

सोमबार प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलका सांसदहरूले सांकेतिक विरोध जनाएका हुन् ।

प्रतिपक्षी दलहरू कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले प्रदेश सभा भवन अगाडि दिउँसै टर्च बालेर सरकारको खोजी गरेका हुन् ।

आज दिउँसो प्रदेश सभा बैठक आह्वान गरिएको थियो । तर, सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आजको बैठक नबसेर नै स्थगित भएको छ ।

प्रतिक्रिया