योजना आयोगका उपाध्यक्ष साउदले दिए राजीनामा


धनगढी – सुदूरपश्चिमका प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले पदबाट राजीनामा दिएका छन् । हाल काठमाडौंमा रहेका साउदले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा पत्र पठाएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले बताए ।

साउद एमाले कोटाबाट उपाध्यक्षमा नियुक्त भएका थिए । नेकपा एमालेको विभाजनपश्चात आफू एमालेमै रहेको उल्लेख गर्दै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

प्रदेश सरकारले गत वर्षको पुस १३ गते आयोगमा उपाध्यक्ष साउद र एक जना सदस्य नियुक्त गरेको थियो । हाल सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा नेकपा ९एस० सहितको संयुक्त सरकार छ ।

प्रतिक्रिया