अमेरिकाको टेक्सासमा गोली हानी नेपालीको हत्या


काठमाडौं — अमेरिकाको टेक्सासमा एक नेपालीको हत्या भएको छ ।

टेक्ससस्थित वेको सिटी नजिक हाइवे(३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको लुटेराहरुको समूहले गोली हानी हत्या गरेको हो ।

नेपालस्थित रुकुम बाफीकोटका स्थानीय समेत रहेका वलीको स्थानीय समयअनुसार बिहान ५ बजे तीन जनाको समूहमा आएका लुटेराहरुले गोली हानी हत्या गरेको जनाइएको छ

अहिले घटनाको अनुसन्धान भइरहेको छ ।

५ वर्षीया छोरी र श्रीमतीसहित अमेरिकामा बस्दै आएका दिपकको परिवार केही वर्ष अघि अमेरिका गएको थियो ।

 

प्रतिक्रिया