यी हुन्, तीन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिसमा परेका उपकुलपति


काठमाडौँ – स्वास्थ्य मन्त्रालयले तीन स्वास्थ्य प्रतिष्ठानमा सिफारिसमा परेका उपकुलपतिको प्रारम्भिक सूची प्रकाशन गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि आवेदन दिएका २१ मध्ये १३ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य प्रतिष्ठानमा आवेदन दिएका १२ /१२ जनामध्ये ९/९ जनाको नाम निकालेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रतिष्ठानको लागि डा. प्रविण कुमार गिरी, डा. राजीव शाह, डा.मंगल रावल, डा. पुजन, कुमार रोकाया, डा. निरेश थापा, डा. तरूण पौडेल, डा. हरिहर देवकोटा छन्।

यस्तै डा. राजेन्द्रराज वाग्ले, डा. गेहनाथ बराल, डा. सुनिल बुढाथोकी, डा. सूर्यमान मेन्याङ्गवो , डा. रमेश बहादुर राना र डा. केशव प्रसाद सिंह(केपी) को नाम मन्त्रालयले प्रारम्भिक सूचीमा प्रकाशित गरेको छ।

त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा.श्रीकृष्ण श्रेष्ठ, डा. ढुकु बहादुर श्रेत्री, डा.विदुर बहादुर वस्ती, डा. प्रल्हाद कार्की, डा. सुरेन्द्र शेरचन, डा. ध्रुवबहादुर अधिकारी, डा. भरत बहादुर खत्री, डा. गिरीधरी शर्मा पगेनी र डा. सरोज शर्माको नाम प्रारम्भिक सूची प्रकाशित भएको छ ।

यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. बुलन्द्र थापा, डा.प्रल्हाद कार्की, डा. अनिल कुमार मिश्र, डा. गेहनाथ बराल, डा. पारस कुमार आचार्य, डा. राजेश नाथ गंगोल, डा. दान बहादुर कार्की, डा. हेमराज ओझा र डा. केशवप्रसाद (केपी) सिंहको नाम प्रारम्भिक सूचीमा प्रकाशित भएको मन्त्रालयले जनाएको छ ।

 

 

प्रतिक्रिया