


जापानले दिने १ अर्ब ८ करोडबराबरको वस्तुगत सहायता अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले जापानले दिने १ अर्ब ८ करोड बराबरको वस्तुगत सहायता अनुदान स्वीकार गर्ने निर्णय गरेको बताएका छन् ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले उपलब्ध गराउने करिब १ अर्ब ८ करोड रुपैयाँ बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत सहायता अुदान स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
त्यस्तै बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको अध्यक्ष पदमा डढेलधुराका विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल तामाङलाई नियुक्त गर्ने निर्णय गरेको उनले जनाए ।

